काठमाडौं आइपुग्यो फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स, ‘नाडा अटो शो’मा राखिने

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले घोषणा गरेको भविष्यको मोबिलिटी प्रतीक डिपाल फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स अब काठमाडौं आइपुगेका छन् । तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् तथा चुनौतीहरूलाई पार गर्दै उक्त ट्याक्सी र रोबट्स काठमाडौं ल्याइएको नाडाले जनाएको छ ।

नाडाका अनुसार यी अति उच्च प्रविधिहरू पहिलो पटक नेपालमा सार्वजनिक प्रदर्शनको ल्याइएको छ । यस क्षणलाई नाडा अटो शो २०२५ मार्फत दर्शकहरूले प्रत्यक्ष अनुभव गर्न सक्नेछन् ।

१७औँ संस्करणको नाडा अटो शो केवल एउटा प्रदर्शनी मात्र होइन, यो हाम्रो देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण रहेको नाडाको तर्क छ । यसले नेपालमा प्रविधिको नयाँ सम्भावनालाई उद्घाटन गर्ने समेत जनाइएको छ ।

यही भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा नाडा अटो शो हुँदैछ । उक्त शो भदौ ८ गतेसम्म चल्नेछ । शोमा विभिन्न ब्राण्डका सवारी साधनहरूले सहभागिता जनाउँदै छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *