काठमाडौं । टप एण्ड टी–२० सिरिजअन्तर्गतको खेलमा बंगलादेश ‘ए’ ले नेपालसामु १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
अस्ट्रेलियाको नर्दन टेरिटोरीमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेश ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको हो। बंगलादेश ‘ए’ का ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए ।
अफिफ हुसैन ४८ रनमा अविजित रहे । बलिङमा नेपालका रिजन ढकालले २, करण केसी, सन्दीप लामिछाने र नन्दन यादवले समान एकएक विकेट लिए ।

Leave a Reply