काठमाडौं । तीन दिनअघि सुनसरीको झुम्का कारागारबाट भागेका कैदी शनिबार बिहान बिर्तामोडबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमन कुमार तिमिल्सिनाले कारागारबाट भागेका कैदी खोटाङको प्रुङचुचुम्मा गाउँपालिका २ का २८ वर्षीय रुपक पौडेल खत्रीलाई प्रहरीले झापा जिल्लाको बिर्तामोड नगरपालिका १०, बिराटपोखरस्थित आफन्तको घरबाट पक्राउ गरिएको जानकारी दिए ।
जबरजस्ती करणी कसूरमा कारागारमा सजाय भोगिरहेका पौडेल खत्रीलाई प्रहरीले पक्राउ गरी थप कानूनी कारबाही प्रक्रिया अघि बढाइएको छ । जबरजस्ती करणी कसूरमा १३ वर्ष कैद सजाय पाएका खत्रीले एक वर्ष कैद भुक्तान गरेका छन् ।

Leave a Reply