इटहरीमा भेटिए नक्कली ब्याकुल माइला, प्रहरीले समातेर मुद्दा चलाउँदै 

विराटनगर । आफूलाई नेपालको राष्ट्रगानका रचयिता  व्याकुल माइला भन्दै ठगी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाउने तयारी गरेको छ । व्याकुल माइलाका नाममा किताब लेखेर बेच्दै हिँडेका उदयपुरको बेल्टार निवासी मिलन राईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई इटहरी उपमहानगरपालिका परिसरबाट पक्राउ गरी मुद्दा चलाउने तयारी भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । राईले लामो समयदेखि राष्ट्रगानका वास्तविक सर्जक प्रदीपकुमार राई ‘व्याकुल माइला’ को नाम दुरुपयोग गरी विभिन्न सरकारी तथा गैर–सरकारी निकायमा ठगी गर्दै आएको आरोप छ ।

उनी आफैँले लेखेका पुस्तकहरूलाई ‘व्याकुल माइला’ को कृतिको रूपमा बिक्री गर्ने गरेका थिए । बिहीबार इटहरी उपमहानगरपालिकामा बिक्री गरेको पुस्तकको भुक्तानी लिन आएका बेला उनलाई पक्राउ गरिएको हो ।

राईले आफू राष्ट्रगानको सक्कली सर्जक भएको दाबी गर्दै राष्ट्रपति कार्यालयमा समेत उजुरी हालेका थिए । करिब सात महिनाअघि उनले सभामुख देवराज घिमिरेलाई भेटेर राज्यले ‘व्याकुल माइला’ लाई दिँदै आएको मासिक भत्ता आफूले पाउनुपर्ने मागसहित निवेदन दिएका थिए ।

Comments

2 responses to “इटहरीमा भेटिए नक्कली ब्याकुल माइला, प्रहरीले समातेर मुद्दा चलाउँदै ”

  1. samir Avatar
    samir

    नेपालीहरु संसारकै सबैभन्दा ठग बन्न थाले!
    गृहमन्त्रीहरु तस्कर रमेश लेखक र बालकृष्ण खाद्य जस्ता कालो काङ्ग्रेसका भ्रष्टहरुले नै भिजिट भिसामा असुली धन्दा चलाउछन। अरु त सामान्य भैहाले!

  2. अर्बिन थापा Avatar
    अर्बिन थापा

    अब रास्वपाको सह-अध्यक्ष हुने भयो यो मान्छे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *