दाङ । दाङको प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वरमहादेव धाम धारापानीमा आज एक करोड दीप प्रज्वलन गरिँदै छ ।
साउन १ गतेदेखि सुरु भएको शिवपुराण एवं शृङ्गारिक महाआरतीको औपचारिक समापन हुनु अघिल्लो दिन भक्तजन र मन्दिरको तर्फबाट एक रोड दीपप्रज्वलन गर्न थालिएको हो ।
अपराह्न ४ बजेदेखि विधिपूर्वक सामूहिक लक्ष्यवर्तिका गरी बेलुकी साढे ६ बजे विश्वकै अग्लो त्रिशूलपरिसरमा दीपप्रज्वलन गर्ने कार्यक्रम तय गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिए ।

Leave a Reply