२२ लाख नगद र साढे १५ ग्राम ब्राउनसुगरसहित एकजना पक्राउ

दाङ । बाँके प्रहरीले लागूऔषध, नगद र गरगहनासहित ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गएराति नेपालगञ्ज उपमहानगरपालिका १४ बसपार्कमा रमेश लोनियाका साथबाट १५ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर, नेपाली रुपैयाँ १२ लाख ५० हजार ५००, भारतीय रुपैयाँ २ लाख ७८ हजार ५००, (नेपाली र भारतीयगरी जम्मा २२ लाख ३ हजार ९ सय १५ रूपैयाँ)चाँदीका विभिन्न गहना र दुइवटा मोटरसाइकल बरामद गरेको छ ।

जिप्रका दाङका प्रवक्ता डिएसपी दिपक पातलीका अनुसार लोनियाका साथबाट मोबाइल,खुकुरी र क्यामेरा समेत बरामद भएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *