प्रधानमन्त्री ओलीले सुनाए सरकारले गरेको कामको फेहरिस्त (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री भएको एक वर्षमा सरकारले गरेको प्रगति सुनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै आफ्नो नेतृत्वको सरकार गठन भएपछि विकास निर्माणका कामको परिवर्तन ल्याएको बताए ।

उनले भने, ‘विगतको सरकारको काम गर्ने गति कस्तो थियो र अहिलेको सरकारको कस्तो छ, सार्वजनिक तथ्यका आधारमा आफैँ विश्लेषण गर्न आग्रह गर्दछु । गत महिना प्रतिकूल मौसमका बाबजुद म हुम्ला पुगेँ । सडक सञ्जालले सदरमुकाम जोडिन बाँकी एकमात्र जिल्ला हुम्लाको सिमिकोट त्यसदिनदेखि सडक सञ्जालमा जोडियो ।’

खार्पुनाथ गाउँपालिकाको चुवाखोलामा बनेको बेलिब्रिज सञ्चालनमा आएपछि कर्णाली कोरिडोरले उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतलाई सडकमार्फत जोड्ने बताए ।

उनले भने, ‘बाँकेपारी भारतको सीमावर्ती क्षेत्र जामुनियाँ र हुम्लाको हिल्सा पारी चीनको सीमावर्ती क्षेत्र यस सडकले जोडिएपछि त्रिदेशीय कनेक्टीभिटी बढाउँछ । त्यो पुल, यही सरकार आएपछि निर्माण थालेर काम सकिएको हो ।’

हाम्रो ध्यान कता छ भन्ने जानकारी दिन मात्रै मैले यो प्रसंग उल्लेख गरेको हुँ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *