गृहमन्त्रीलाई निकिताको प्रश्नः म श्रीमान भेट्न जाँदा किन आफ्ना संगठन पछि-पछि लगाउनुहुन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले गृहमन्त्री रमेश लेखकप्रति कडा आक्रोश पोखेकी छन् । आफ्नो श्रीमानलाई फँसाउन न्यायालयलाई प्रभावमा पारेकोदेखि थुप्रै आरोपहरु उनले गृहमन्त्रीमाथि लगाएकी छन् ।

आज सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै निकिताले गृहमन्त्रीलाई आरोपित गरेकी हुन् । थुनुवाले पाउने अड्डासारको सुविधा अदालतले आदेश गर्दा पनि गृहमन्त्रीको निर्देशनमा रोकिएको उनको दावी छ । मुद्दो पेशी चढिसकेपछि गृहमन्त्रीकै निर्देशनमा न्याय परिषदमा उजुरी परेको र गृहमन्त्रीकै कार्यकक्षमा उजुरीको ड्राप्mट भएको दावी पनि निकिताले गरेकी छन् ।

‘उजुरीको ड्राफ्ट आफ्नै कोठामा तयार गरेर त्यस्तो समाचारको लिङ्क आफ्नो सचिवालयलाई सम्बन्धित सबैका मोबाइल मोबाइलमा पठाउन आदेश दिँदै न्यायाधीश तर्साउन नाङ्गिएर लाग्नुहुन्छ किन रु’ उनको प्रश्न छ, ‘मुद्दाको पेशी चढेकै दिन न्यायपरिषदमा उजुरी पुगेपछि तपाईँहरू जस्ताको मुठ्ठीमा रहेको वर्तमान संरचनामा रहेका कुन न्यायमूर्तिले आफ्नो करियरलाई दाउमा राखेर सही फैसला गर्ने आँट गर्ला ?’

रुपन्देही कारागारमा श्रीमान भेट्न घरबाट निस्किएपछि आफ्नो पछि–पछि गृहमन्त्रीले आफ्नो संगठन र संरचना खटाएको आरोप पनि निकिताले लगाएकी छन् ।

‘रुपन्देही कारागारमा श्रीमान भेट्न घरबाट निस्किएपछि मेरो पछि पछि किन र के का डरले लगाउनुहुन्छ तपाईँका संगठन र संरचना रु’ उनले लेखेकी छन् ।

निकिताले प्रधानन्यायाधीशलाई पनि सम्वोधन गर्दै केही असन्तुष्टि पोखेकी छन् । ‘अब म जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा अपिल गर्न जाउँ कि नजाउँ ?’ उनको प्रश्न छ, ‘हाम्रो मुद्दाको हरेक बहसमा सरकारी पक्ष नाजवाफ हुन्छ । तर फैसला कहिल्यै हाम्रो पक्षमा आउँदैन । दुई तिहाइको सरकार छ, एउटा विपक्षी दलको नेतामाथि भइरहेको यो खुल्लमखुल्ला अन्याय विरुद्ध म कहाँ जाउँ ?’

Comments

2 responses to “गृहमन्त्रीलाई निकिताको प्रश्नः म श्रीमान भेट्न जाँदा किन आफ्ना संगठन पछि-पछि लगाउनुहुन्छ ?”

  1. हलुवाकाका Avatar
    हलुवाकाका

    ए ! सरकार ! लौ त निकितालाई रवि भेट्न सजिलो बनाई देउ ! कम्तीमा काठमाडौ सरुवा भएपछि भेट सजिलो हुने भनेर मरी हत्ते गरी राखेका छन् ! विचरा ! पैसा कुम्ल्याएकै छ ! मुद्दा लड्न गरीव भएपो सक्दैन । अन्तराष्ट्रीय अदालत सम्म जान पर्छ के ! कम्तीमा पैसा खाएको नेपाली जनताले मात्र होइन विदेशी अदालतले पनि थाहा पाउनु पर्छ क्या !!

  2. samir Avatar
    samir

    त्यो मानव तस्कर अपराधी रमेश लेखक र भ्रष्ट केपी ओलीको प्रत्यक्ष निर्देशनमा रबिलाई थुनिएको छ।

    सहकारीको सदस्य नै नरहेको रबिलाई सहकारी हिनामिनाको आरोप लगाउन लाज छैन कालो काङ्ग्रेस र भ्रष्ट एमालेलाई!

Leave a Reply

Your email address will not be published. Required fields are marked *