नाउपाको अध्यक्षमा रन्जिता नै कायम, लालवीरलाई आयोगले दिएन मान्यता

कैलाली । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रन्जिता श्रेष्ठ नै कायम भएकी छन् ।

रन्जिता श्रेष्ठलाई हटाउँदै नाउपामा एक समूहले राष्ट्रिय भेला मार्फत लालवीर चौधरीलाई अध्यक्ष तोकेको थियो ।

अध्यक्षमा दाबी गर्दै लालवीर चौधरीले अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधान अनुसार राष्ट्रिय भेला वैधानिक नभएको र रन्जितानै अध्यक्ष भएको आयोगले हिजो राति निर्णय गरेको आयोग स्रोतले जनाएको छ ।

निर्णय गर्नुभन्दा पहिले लालवीर र रन्जितालाई आयोगले पत्र काटेको थियो । दुवैले आफू अध्यक्ष भएको दाबी गर्दै आयोगलाई जवाफ दिएका थिए ।

उनीहरूको जवाफ, ऐन, कानुन र विधानको आधारमा रहेर रन्तिलालाई नै अध्यक्ष कायम गरिएको आयोग स्रोतले जनाएको छ ।

Comments

One response to “नाउपाको अध्यक्षमा रन्जिता नै कायम, लालवीरलाई आयोगले दिएन मान्यता”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    घुमिफीरी रुम्जाटार!! एउटा महाअधिवेशन पनि बैधानीक तरिकाले गर्न नसक्ने हरूले पार्टी किन खोलेको?

Leave a Reply

Your email address will not be published. Required fields are marked *