रास्वपाका ९ जना आकांक्षीहरुले गरे बागी नउठ्ने कागज, भदौ १२ र १३ मा प्राइमरी इलेक्सन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही ३ का लागि उम्मेदवार छान्न भदौ १२ र १३ गते प्राइमरी इलेक्सन गर्ने भएको छ । आवेदन दिएका ९ जना नै प्राइमरी इलेक्सनमा प्रतिस्पर्धा गर्ने छन् ।

रुपन्देही ३ भित्र मतदाता परिचयपत्र भएर पार्टीको विभिन्न समितिमा रहेकाहरु तथा केन्द्रीय सदस्यहरुले भोट हाल्न सक्ने रास्वपा लुम्बिनी इन्चार्ज विपिन आचार्यले जानकारी दिए । आचार्यका अनुसार १५ गते उम्मेदवार घोषणा गरिएको छ ।

प्राइमरी इलेक्सनमा मधुप्रसाद अर्याल, डा. लेखजंग थापा, कुसुम महर्जन, पार्थबेन्द्र उपाध्याय, ज्ञानु पौडेल, रचना क्षेत्री, सुलभ खरेल, पुनम कुमारी अग्रवाल र जितबहादुर गुप्ताले प्रतिस्पर्धा गर्ने छन् ।

आकांक्षी ९ जनाबीच रास्वपाले आपसी छलफल गराएको थियो । उक्त छलफलबाट सर्वसम्मत उम्मेदवार खोज्ने प्रयास सफल भएन । यद्यपि, उम्मेदवारका आकांक्षीहरुले यदि आफूले टिकट नपाए पनि बागी नउठ्ने र आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने लिखित प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् ।

साउन २७ देखि भदौ ११ गतेसम्म आकांक्षीहरुको विभिन्न मापदण्डमा परीक्षण गरिने आचार्यले बताएका छन् ।

Comments

One response to “रास्वपाका ९ जना आकांक्षीहरुले गरे बागी नउठ्ने कागज, भदौ १२ र १३ मा प्राइमरी इलेक्सन”

  1. ksp pyl Avatar
    ksp pyl

    यसरी बागी नउठने बाचा पहिले नै खुवाउनुपर्ने पार्टी कति समय चल्ने हो । अरूको विरोध मात्र गर्न जान्नेहरूले आफ्नै विरोध गरेर पार्टी सक्छन्, हेर्दै जानुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *