नेकपा एस अनुशासन आयोगको चेतावनी- पार्टीको आधिकारिक धारणाविरुद्ध कसैले बोले कारबाही हुन्छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय अनुशासन आयोगले पार्टीको अनुशासन उलंघन नगर्ने नेता कार्यकर्तालाई ध्यानाकर्षण गराएको छ।

अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच वाकयुद्ध चलिरहेको बेलामा केन्द्रीय अनुशासन आयोग शिबबहादुर देउजाले विज्ञप्ति जारी गर्दै यस्ता गतिविधि रोक्न निर्देशन दिएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, पार्टीमा आफ्ना निजी विचार र सुझावहरु राख्ने विधि र स्थानहरु छन् भन्ने कुराको हेक्का राख्दै पार्टीको आधिकारिक धारणासँग बाझिने कुनै पनि कुरा सार्वजनिक रुपले नबोल्न, नलेख्न सम्वन्धित सबै कमरेडहरुको ध्यानाकर्षण गरिन्छ ।’

सार्वजनिक संचार माध्यम वा भेला, कार्यक्रमहरुमा पार्टीबाट निर्णय नभएका आफ्ना निजी विचारहरु कुनै पनि बाहनामा राखेर अराजक शैलीको अवलम्बन गरी कार्यकर्ता र जनता पंक्तिमा भ्रम र निराशा पैदा गराउने काम नगर्न नगराउन पार्टीको माथिदेखि तलसम्मका सबै नेताहरुलाई निर्देशन पनि दिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो प्रबृत्ति पुनः दोहोर्याउने कमरेडहरुमाथि पार्टीको विधान अनुसार अनुशासनको कारबाही प्रकृया अघि बढाइने कुरातर्फ पनि सचेत गराइन्छ ।’

Comments

One response to “नेकपा एस अनुशासन आयोगको चेतावनी- पार्टीको आधिकारिक धारणाविरुद्ध कसैले बोले कारबाही हुन्छ”

  1. लेख नाथ पौडेल Avatar
    लेख नाथ पौडेल

    एमालेमा नियम उल्लंघन गरेर आएका सबै उस्तै हुन । यो फ़ेरि उतै फर्कने नाटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *