काठमाडौं । गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मुल ध्येयका साथ नागरिकता सम्बन्धी कानूनलाई संशोधन अघि बढाइएको बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ उपर सैद्धान्तिक छलफलका क्रममा गृहमन्त्री लेखकले सन्तानको आमा नै पहिलो संरक्षक हुने गरेको बताउँदै आमालाई नै जिम्मेवार बनाइएको जानकारी दिए ।
बुबाको पत्ता छैन अथवा म ल्याउन सक्दैन भनेर भनेको अवस्थामा आमाले स्वघोषणा गरेको अवस्थामा त्यसको सन्तानलाई नागरिकता उपलब्ध गराउने गरि विधेयक ल्याइएको उनले बताए ।
गृहमन्त्री लेखकले आमाको स्वघोषणा गलत सिद्ध भएमा नागरिकताका बारेमा प्रश्न गर्ने र सजायको व्यवस्था समेत गरिएको बताए ।
आमाको थर राखेर नागरिकता लिदा सम्पतीको हकमा प्रतिकुलता ल्याउन सकिन्छ कि भन्ने सांसदहरुको आशंकामा गृहमन्त्री लेखकले आमाकै थरबाट नागरिकता बनाएकै कारण पैतृक सम्पतीबाट बञ्चित हुनुपर्ने अवस्था नआउने स्पष्ट पारे ।
त्यस्तै, उनले ब्रिटिस गोर्खाका सन्तानहरुले बंशजको आधारमा नागरिकता पाउने विषय संवेदनशील रहेको भन्दै यसमा संविधानमा नै संशोधन गर्नुपर्ने होकी भन्ने आफ्नो धारणा रहेको जिकिर गरे ।
त्यसैगरी अंगीकृत नेपाली नागरिकता प्राप्ति सम्वन्धी व्यवस्थामा बाबुको आधारमा विदेशको नागरिकता नलिएको भन्ने नागरिकता प्राप्त गर्ने व्यक्तिले मात्र स्वघोषणा गर्ने व्यवस्था भएकोमा निजको आमाले समेत स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको मन्त्री लेखकले जानकारी दिए ।

Leave a Reply