कारागार अनुगमनपछि मानवअधिकार प्रतिनिधिले भने: रविजीको कोठामा दुई पंखा छन्, झ्याल थुनिएको छ (भिडिओ)

रुपन्देही। राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको भैरहवा कारागारको अनुगमन गरेका छन् । अनुगमनपछि मानवअधिकार प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरे ।

राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिनु नै मुख्य समस्या भएको बताइन् । कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको उल्लेख गरिन् ।

रविलाई राखिएको ब्लकभित्र राम्ररी हावा पास हुने अवस्था नदेखिएको उनको भनाइ छ ।

थापाले भनिन्, ‘उहाँ बस्ने कोठामा पंखा छ । तर झ्यालहरू टालिएको रहेछ । जेल प्रशासनले सुरक्षाका लागि टालिएको भन्नुभयो । हाम्रो आग्रहपछि त्यसलाई खोल्न तयार हुनुभएको छ ’

उनले कोठाभित्र एसी नदेखेको बताइन् । थापाले रविलाई स्थानान्तरणका लागि अनुमति नदिइएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिन् । ‘अदालतले भनिसक्दा पनि उहाँलाई जेल सार्न दिइएको रहेनछ । यस विषयमा कारागार व्यवस्थापन विभागसँग कुरा गर्छौँ,’ उनले भनिन् ।

कारागारमा पत्रपत्रिका नआउने भएकाले रविसमेत त्यो सुविधाबाट वञ्चित रहेको थापाले जानकारी दिइन् ।

इन्सेककी प्रतिनिधि रिमा बिसीले कोठाभित्र दुईवटा पंखा रहेको बताइन् ।

‘एउटा ठूलो फलामको पंखा र अर्को स्ट्यान्ड पंखा छ । झ्यालहरू चाहिँ खोलिएको छैन । नजिकै घरहरू भएको र सर्पदंशको डर भएकाले झ्यालहरू बन्द गरिएको प्रशासनले बताएको छ । तर हामीले मोटो जाली वा डन्डी राखेर भए पनि झ्याल खोल्न भन्यौ । उहाँहरूले स्वीकार्नुभएको छ,’ उनले भनिन् ।

Comments

3 responses to “कारागार अनुगमनपछि मानवअधिकार प्रतिनिधिले भने: रविजीको कोठामा दुई पंखा छन्, झ्याल थुनिएको छ (भिडिओ)”

  1. Deepak Avatar
    Deepak

    प्रमाण नै नभइ जेलमा राख्नु उचित हुदैन,नत रबि दाइको लागि मुद्दा दायर भएको प्रस्ट छसहकारी पिदितले रबि दाइको नाम लिनु भएकै छैन अनि सहकारिमा समाबेस नभएकालाइ किन यति चरम यातना दिरहेको छ 😭 #justiceforrabilamichane

  2. Deepak Avatar
    Deepak

    प्रमाण नै नभइ जेलमा राख्नु उचित हुदैन,नत रबि दाइको लागि मुद्दा दायर भएको प्रस्ट छसहकारी पिदितले रबि दाइको नाम लिनु भएकै छैन अनि सहकारिमा समाबेस नभएकालाइ किन यति चरम यातना दिरहेको छ 😭 #justiceforrabilamichane

  3. laleek Avatar
    laleek

    आयोगले प्रपर मान्छेकाे मात्रै हेर्ने कि समग्र कैदीबन्दीहरुकाे रिपाेर्ट गर्ने ? कैदीबन्दीहरुकाे अवस्था हेराै‌ खाेतल्याै ………………… ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *