ललितको ठाउँमा शाहवले टप एण्ड टी-२० सिरिज खेल्ने

काठमाडौं । अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी-२० सिरिजमा नेपालबाट ललित राजवंशीको ठाउँमा शाहव आलमले खेल्ने भएका छन् ।

ललितकी आमाको आइतबार निधन भएसंगै नेपाल क्रीकेट संघ (क्यान) उनको ठाउँमा शाहवलाई टोलीमा राखेको हो । क्यानले यसअघि नै टप एण्ड टी-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो ।

अगस्ट १४ बाट सुरु हुने उक्त सिरिजका लागि नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ । त्यसअघि क्यानले आज खेलाडीलाई एक कार्यक्रम गर्दै बिदाइ गरेको हो । बिदाईमा शाहव सहभागी छन् ।

नेपाली टीम

रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र शाहव आलम

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *