दोगडाकेदारका जीर्ण वडा कार्यालय नयाँ निर्माण

बैतडी । जीर्ण अवस्थामा रहेका वडा कार्यालय भवन नयाँ बनाउन दोगडाकेदार गाउँपालिकाले उच्च प्राथमिता दिएको छ ।

हालसम्म गाउँपालिकाका छवटा वडा कार्यालय रु दुई करोड ४८ लाखमा नयाँ निर्माण गरिएका हुन् ।

दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले भने, “वडा कार्यालयहरू जीर्ण भएपछि नयाँ निर्माण गरेका हौँ । सबै वडा पनि यस वर्ष निर्माण गर्ने योजना बनाएका छौँ ।”

यस्तै, गाउँपालिका भवन रु एक करोड ३० लाखमा नयाँ निर्माण गरिएको हो । वडा कार्यालयहरू नयाँ बनेपछि इन्टरनेटको सुविधा पनि विस्तार गरिएको छ ।

इन्टरनेट सुविधा हुँदा पञ्जीकरण, सामाजिक सुरक्षा दर्ता तथा नवीकरणका काम सहजै वडा कार्यालयबाट भइरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *