एनपिएलको लागि काठमाडौं गोर्खाजको अक्सन पुरा, यस्तो बन्यो टिम

काठमाडौं  ।  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को लागि भएको मिनि अक्सनबाट काठमाडौं गोर्खाजले आवश्यक खेलाडी खरिद गरेको छ । काठमाडौंस्थित एक होटलमा जारी अक्सनमा काठमाडौं खेलाडी पूरा गर्ने पहिलो टोली बनेको हो ।

मिनि अक्सनबाट काठमाडौंले थप ५ खेलाडी खरिद गरेको छ । क्याटगोरी ‘ए’ बाट आदिल अन्सरीलाई १५ लाख, क्याटगोरी ‘बी’ बाट सन्तोष यादवलाई १० लाख र आकाश त्रिपाठीलाई ७ लाख तथा क्याटगोरी ‘सी’ बाट तुलबहादुर थापालाई २ लाख र उत्तम रंगु थापा मगरलाई ३ लाखमा अनुबन्ध गरेको हो ।

यसअघि काठमाडौंले पहिलो सिजनका मार्की तथा कप्तान करण केसीसहित भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको थियो । काठमाडौंले एक नेपाली खेलाडी ट्यालेन्ट हन्टबाट भित्राउनेछ । भने ४ विदेशी खेलाडी टोलीमा अनुबन्ध गर्नेछ ।

टिम काठमाडौं
करण केसी (मार्की), भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, आदिल अन्सरी, सन्तोष यादव, आकाश त्रिपाठी, तुलबहादुर थापा र उत्तम रंगु थापा मगर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *