संगठन निर्माणसँगै माओवादीका हरेक कमिटी अब श्रम र उत्पादनसँग जोडिनुपर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने भएको छ। हालै बसेको स्थायी कमिटीको बैठकपछि पार्टी कमिटीहरूलाई ‘एक कमिटी एक उत्पादन इकाई’ को रूपमा श्रम तथा उत्पादन अभियानसँग जोड्ने भएको हो।

अब पार्टीको सबै तहमा सङ्गठित जनशक्ति विन्यास गर्दा आर्थिक उत्पादन अभियानको क्षेत्रमा प्राथमिकता दिनुपर्ने महासचिव देव गुरुङले बताए।

उनले भने, ‘पार्टी केन्द्रीय उपाध्यक्ष नन्दबहादुर पुन ‘पासाङ’ को नेतृत्वमा आर्थिक उत्पादन विभाग गठन गरिएको छ । विभागीय प्रमुखको सिफारिसको आधारमा विभागको उपप्रमुख र सदस्यहरू निश्चित गर्छ।’

संगठन निर्माणका लागि अरू केके गर्छ ?
– विधानको व्यवस्था अनुसार सङ्गठित र साधारण पार्टी सदस्यहरूको अन्तरसम्बधलाई स्पष्ट गर्दै सङ्गठित सदस्यहरूलाई अभियानको रूपमा सेल, टोल र इकाईहरू गठन गरी सङ्गठित सदस्यहरू कसैलाई पनि पार्टी कमिटी विहीन नबनाउने,

– समाजवादी आन्दोलनको विशेषता र आवश्यकतालाई ध्यानमा राखी सङ्गठनकर्ताहरूको व्यापक विकास र विस्तारमा जोड दिने,

-पार्टीको प्रचारात्मक कार्यहरूलाई व्यवस्थित र प्रभावकारी बनाउन हरेक पार्टी समितिहरूले एकरएक जना प्रचारप्रसार तथा सूचना प्रविधि हेर्ने सम्पर्क व्यक्ति निश्चित गर्ने । र सबै सम्पर्क व्यक्तिहरूको जानकारी सम्बन्धित प्रदेश कार्यालय मार्फत केन्द्रीय कार्यालयमा पठाउने,

-आगामी महाधिवेशनसम्ममा पार्टीका सङ्गठित सदस्यहरूको आन्तरिक मूल्याङ्कन र जनवादी प्रतिस्पर्धाको उचित समायोजन हुने गरी नविनतम् मूल्याङ्कन मापदण्ड र निर्वाचन विधिको ठोस प्रस्ताव तयार गर्ने,

– आलोचना आत्मालोचनाको अभ्यास गर्ने र तत्काल सबै कमिटीहरूमा आत्मालोचनाको प्रक्रिया अगाडि बढाउने,

– पार्टीको निर्णय अनुसार काम कारबाहीहरू भए नभएको अनुगमन र मूल्याङ्कन गर्नका लागि सबै तहका कमिटीहरूले अनुगमन र मूल्याङ्कनको व्यवस्थालाई प्रभावकारी बनाउने,

– सबै स्तरका कार्यालय तथा सचिवालयलाई व्यवस्थित गर्ने,

– पार्टीका बैठकहरू पर्याप्त गृहकार्य सहित संक्षिप्त रूपमा गर्ने अभ्यासमा जोड दिने,

– स्थायी समितिको बैठकले विभिन्न स्तर र रूपमा देखा परेका गुट र स्वार्थ समूहहरू विघटन गर्ने,

Comments

One response to “संगठन निर्माणसँगै माओवादीका हरेक कमिटी अब श्रम र उत्पादनसँग जोडिनुपर्ने”

  1. ksp pyl Avatar
    ksp pyl

    फटाहा कुरा गरेरै ४० वर्ष खाएकाले अब श्रम गर्नेभन्दा पत्याउने ? झुटको पराकाष्ठा भैसक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *