कैलाली कारागारमा तनाव : ४४ जनाको उपचार काेराेनाकालकाे अस्पतालमा, आईसीयुमा थपिए एक जना

कैलाली । कैलाली कारागारमा भएको झडपमा घाइते भएका मध्य ४४ जनाको तत्कालीन कोरानाकालमा निर्माण गरिएको अस्पतालमा उपचार सुरु गरिएको छ ।

सेती प्रादेशिक अस्पताल बाट उनीहरुलाई कोरोना अस्पताल सारिएको हो । आईसीयुमा २ जनाको उपचार भइरहेको छ । बिहान १ जनाको उपचार भइरहेको थियो । थप एक जनाको आइसियुमा उपचार भइरहेको जनाइएको छ । एक जनाको खुट्टको सल्यक्रिया भइरहेको छ ।

घाइतेका आफन्तहरुले भेट्न नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *