राष्ट्रपति कार्यालयमा एक कप चिया पिएर फर्किए ढाँट, सिसन बानियाँले पोखे आक्रोश

काठमाडौं । भारतमा भएको म्याट्रि फाइट नाइट (एफएफएन) मा विजेता बनेका रविन्द्र ढाँटलाई आज राष्ट्रपति रामचन्द्र पाैडेलले आफ्नै निवासमा बोलाएर ‘सम्मान’ गरे । तर ढाँटका मेन्टर सिसन बानियाले भने अपमानित महसुस गरेका छन् ।

राष्ट्रपति कार्यालयले ढाँटलाई बोलाएर कुनै गतिलो सम्मान र प्रोत्साहन नदिएको उनको टिप्पणी छ । सामाजिक सञ्जालमा बानियाले कडा शब्दमा लेखेका छन्, ‘त्यो विभत्स हलमा ढाँटले एक कप चिया खायो । २० मिनेट सबैसित ‘सिंगल’ फोटो खिच्यो । साँच्चै, तिमीहरु आफ्ना विजेतालाई यसैगरि सम्मान गर्छौं ?’

बानियाँको अंग्रेजीमा लेखेको स्टाटस यस्तो छः
राष्ट्रपतिको निवासमा पुगेर त्यहाँको गरिमा बढाइदिनउकोमा रविन्द्र ढाँटलाई धन्यवाद । इमान्दारितापूर्वक भन्दा विजेतले कुनै पनि सम्मान महसुस गरेन । एउटा माला लगाएर ५ मिनेटको बनावटी भाषण हानेर फोटो/भिडिओ खिचेर टाप । हामीलाई चिया विस्कुट खाउ भनेर छोडियो । त्यो विभत्स हलमा ढाँटले एक कप चिया खायो । २० मिनेट २० मिनेट सबैसित ‘सिंगल’ फोटो खिच्यो । साँच्चै, तिमीहरु आफ्ना विजेतालाई यसैगरि सम्मान गर्छौं रु मेरो केटाले यो प्राप्त गर्न धेरै संघर्ष गरेको छ । यदि च्याम्पियनबाट केही पब्लिसिटी चाहिन्छ भने हिरोलाई आर्थिकले सम्मान गर ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *