काठमाडौं । नेपाल तरुण दल काठमाडौं जिल्ला कार्यसमितिले नेपाल तरुण दलको पाँचौँ महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लाको अधिवेशन अन्तर्गत प्रतिनिधिहरू खटाएको छ ।
काठमाडौंको दश ओटै क्षेत्रमा पूर्णकालीन सदस्यता वितरण ,वडा अधिवेशन, पालिका अधिवेशन, प्रदेश सभा र क्षेत्रीय अधिवेशन सम्पन्न गर्न अधिवेशन प्रतिनिधि खटाइएको जानकारी जिल्ला अधिवेशन संयोजक कृष्ण जी खड्काले जानकारी दिए ।
अधिवेशन प्रतिनिधिलाई सात दिन भित्र बाकी रहेका स्थानमा पूर्णकालीन फाराम भर्ने कार्य सम्पन्न गरी जिल्लामा प्रतिवेदन गर्न भनिएको छ ।
संयोजक खड्का द्वारा जारी सूचना अनुसार पार्टीको र तरुण दलको सम्बन्धित तह प्रमुखसँग समन्वय गरी भदौ ७ भित्र वडा अधिवेशन ,भदौ १५ भित्र पालिका अधिवेशन र भदौ ३० गते भित्र प्रदेश सभा एवं क्षेत्रीय अधिवेशन सम्पन्न गर्न अधिवेशन प्रतिनिधिलाई निर्देशन दिएका छन् ।
सबै निर्वाचन क्षेत्रको तरुण दल अध्यक्षलाई परिपत्र गर्दै संयोजक खड्काले अधिवेशन प्रतिनिधि खटाएको र जिम्मेवारी तोकिएको बारे नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति काठमाडौंलाई बोधार्थ दिएका छन् ।


Leave a Reply