पोखरा । ७ हजार घुससहित पक्राउ परेका यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीमा कार्यालय सहयोगी दीपक पौडेलविरुद्ध मुद्दा दर्ता भएको छ ।
अख्तियारले पौडेलविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
सवारी चालक अनुमति पत्रको अनलाइन फारम भरी दिने र लिखित परीक्षामा उत्तीर्ण गराई ट्रायल परीक्षामा समेत पास गरिदिने भन्दै सेवाग्राहीबाट लिएको ७ हजार घुससहित पौडेललाई अख्तियारले रंगेहात पक्राउ गरेको थियो ।
उक्त आरोप पुष्टि भएको भन्दै अख्तियारले पौडेलविरुद्ध मुद्दा दर्ता गरेको हो । पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र उपदफा (१) अनुसार बिगो बमोजिम जरिवानाको माग गर्दै मुद्दा दर्ता गरिएको प्रवक्ता राजेन्द्रले बताए ।

Leave a Reply