काठमाडौं । सरकारले २ वटा गाउँपालिकाको केन्द्र हेरफेर गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सुनसरीको कोशी गाउँपालिका र स्याङजाको कालीगण्डकी गाउँपालिकाको केन्द्र हेरफेर गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ को उपदफा ३ बमोजिम सम्बन्धित गाउँसभाको दुई तिहाई बहुमतले पारित गरेको प्रस्ताव प्रदेश सरकारमार्फत संघीय सरकारलाई प्राप्त भएपछि ऐनकै सोहि दफाको उपदफा ४ बमोजिम केन्द्र ति गाउँपालिकाका केन्द्र हेरफेर भएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रविलाल पन्थले जानकारी दिए ।
उनका अनु्सार कोशी गाउँपालिकाको केन्द्र वडा नम्बर १, लौकहीबाट हेरफेर गरेर वडा नम्बर ३ को बद्रीपुल कायम गरिएको छ भने कालीगण्डकी गाउँपालिकाको केन्द्र वडा नम्बर ४, कट्टीबाट हेरफेर गरेर त्यसै वडाको गहलाम कामय गरिएको हो ।

Leave a Reply