रुपन्देही । नेकपा एमालेका केन्दीय सदस्य विष्णु रिजालले प्रदेश सरकारमा पटक पटक फेरिने मुख्यमन्त्रीले अहिलेको व्यवस्थामै चुनौती आएको भन्दै अब मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्नुपर्ने धारणा राखेका छन् ।
आज सामाजिक सन्जालमा आफ्नो धारणा राख्दै यस्तो प्रवृत्तिले प्रदेशहरु स्थायी सरकार नबनेकाले थप चुनौती बढाएको उल्लेख गरेका छन् ।
‘अब मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन गरौँ, माकुराको बच्चाले आफ्नै आमालाई खान्छु भनेझैँ प्रदेशले संघीय प्रणालीलाई नखाला भन्न सकिन्न । प्रदेशहरु मुख्यमन्त्रीरमन्त्री उत्पादनका कारखाना बनिरहेका छन् ।प्रदेशसभामा आएपछि मुख्यन्त्री, मन्त्री, सभामुख, उपसभामुख, समितिका सभापति, दलका सचेतक नभएर पाँच बर्षमा कोही पनि रित्तो हात घर फर्किनु नपर्ने अवस्था देखिएको छ’, उनले भनेका छन्, ‘आफ्नै पार्टीका मुख्यमन्त्रीले पनि दलका सदस्यको चित्त बुझाउन नसकेर बीचैमा छाड्नु परिरहेको छ । यसको समाधानका लागि स्थानीय तहमा जस्तै प्रदेश तहमा मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्नुपर्छ । यसबाट संघीयतालाई अलि स्थिर र उपलब्धिमुलक बनाउन सकिन्छ । नत्र संघमा समीकरण परिवर्तन हुँदा प्रदेशमा असर त पर्दछ नै, प्रदेशमै कुरा नमिल्दा पनि मुख्यमन्त्री परिवर्तन भइरहँदा यसले आम मानिसमा व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न गराइरहन्छ ।’

Leave a Reply