मुख्यसचिव एकनारायण भन्छन्: ऐन नबनेसम्म कुलिङ पिरियड रोक्न लागिरहन्छु

काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले संघीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’ व्यवस्था हटाउन निरन्तर माग गर्दै आएको संसदीय विशेष छानविन समितिलाई बयान दिएका छन् । छानबिन समितिसमक्ष बयान दिँदै उनले यससम्बन्धी त्रुटि नियतवश नभई मानवीय कारणले भएको दाबी पनि गरेका छन् ।

अर्यालले समितिबाट पारित प्रतिवेदन प्रतिनिधिसभाबाट पारित भएपछि मात्रै मिडिया मार्फत थाहा पाएको बताए । उनले बयानमा भनेका छन्, ‘कुलिङ अफ पिरियड राख्नु हुँदैन भनेर हामी हाम्रो हकअधिकारकै रूपमा लागेका हौं। अझै पनि त्यही माग छ ।’

उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत भेटी कुलिङ अफ पिरियड हटाउन माग गरिएको थियो। ‘समितिबाट विधेयक पारित भएपछि सभामुखलाई समेत भेटेर कुरा राखेको हुँ । यो देउसीभैलो गर्न नभई पदको हैसियतले राखिएको कुरा हो ।’

मुख्यसचिव अर्यालले त्रुटिको कारणबारे बयानमा भनेका छन्, ‘कर्मचारीप्रति विश्वास नगरी विश्वासको खडेरीले समस्या आएको हो । यही कारण उपदफा ४ र ५ को सम्बन्धमा नियतवश भन्दा मानवीय त्रुटि हुन गएको हो ।’ छानबिन समितिले २०८२ साउन ४ गते उनको यस्तो बयान लिएको थियो ।

Comments

3 responses to “मुख्यसचिव एकनारायण भन्छन्: ऐन नबनेसम्म कुलिङ पिरियड रोक्न लागिरहन्छु”

  1. bharat kumar thapa Avatar
    bharat kumar thapa

    मेरो पुर्णतया समर्थन छ सर

  2. हलुवाकाका Avatar
    हलुवाकाका

    सधैँ भरी काक्रा चोर्छु काक्रा चोर्छु भन्ने काले तर काक्रा अर्कैले उछिट्याई दियो । अनि दोष कालेलाई ! मिल्यो ? मिलेन । जसले मनैदेखि चाहेको हो उसैले विगार्यो !

  3. Laleek Avatar
    Laleek

    हैट ! वाईयात, नेपाल सरकारको मुख्य सचिव अनि ट्रेड युनियनपछि लाग्ने, न अधिकार छ, न मिल्छ, न निषेधित क्षेत्रमा भैलो खेल्न मिल्छ, हेक्का राख्न पर्दैन, अझ ठूलो स्वर, नैतिकको आधारमा अहिले आजै यतिखेरै राजिनामा दिनुपर्छ कि पर्दैन ? जयहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *