काठमाडौं । काठमाडौं मोडेल कलेजमा फेस्टा दि काठमाडौं २०२५ संगीत, नृत्य र संस्कृतिको प्रस्तुतिसहित सम्पन्न भएको छ ।
यो कार्यक्रम मिडिया रिच आउट क्लब तथा बीबीए, बीबीएम र बीसीए सातौं सेमेस्टरका विद्यार्थीहरूको आयोजना तथा केएमसी एसक्युसीको संयोजनमा विविध प्रस्तुतिको साथ सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा करिब १००० जनाको उल्लासपूर्ण सहभागिता भएको थियो ।
कार्यक्रमको शुरुवातमा आन्तरिक गुणस्तर प्रत्यन प्रमुख ध्रुवप्रसाद तिमल्सेनाले स्वागत मन्तव्य दिँदै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा सिर्जनशीलता र सहकार्यको भावना विकास गर्न मद्दत गर्ने कुरामा जोड दिए । सोही क्रममा उनले कार्यक्रमलाई सफल तुल्याउन महत्वपुर्ण भुमिका खेल्ने सम्बन्धित सबैमा धन्यवाद दिदै कार्यक्रममा प्रायोजन गर्ने सम्पूर्णमा आभार प्रकट गरेका थिए ।
कार्यक्रमको टाइटल स्पोन्सरको प्रायोजन इलाइट सिएले गरेको थियो भने इन एसोसिएसन विथमा कोजी गर्ल्स होस्टल थियो ।
त्यस्तै गरी कार्यक्रमका अन्य प्रायोजकहरूमा हिरो मोटरसाइकल, अनर, पार्क एभिन्यु, ईसेवा, एनएमबी बैंक, पावर एक्स साउन्ड्स, क्लासी प्रिन्टिङ प्रेस, एमआईटी, टेक एक्सिस, गुर्जे होम्स, जिरो डिया, पाईकस लगायतका कम्पनीहरु रहेका थिए ।
दर्शकहरुले सबै कम्पनीहरुको स्टल घुम्दै विभिन्न खानाका परिकारहरुमा रमेको देख्न सकिन्थ्यो । उक्त कार्यक्रममा रक हेड्स नेपाल, पहेलो बत्ति मुनि लगायतका व्याण्डहरुको संगीतिक प्रस्तुतिहरु भएको जानाकारी मेडिया रिच आउट क्लबका क्लब प्रमुख तथा बीबीए सातौ सत्रान्तमा अध्ययनरत विद्यार्थी रोबिन्सन भण्डारीले बताए ।
यस्तै, उनले कलेजम्मा अध्ययनरत बिभिन्न तहका विद्यार्थीहरुको समेत संगीतिक प्रस्तुतिहरु भएको जानकारी गराए ।
कार्यक्रमलाई सञ्चालकहरू दिव्या ज्ञवाली, सुबेच्छा अधिकारि तथा र ज्योति खरेलले संचालन गरेका थिए । फेस्टा दि काठमाडौं २०२५ ले काठमाडौं मोडल कलेजका विद्यार्थीहरूको नेतृत्वमा विद्यार्थिहरुको प्रतिभा र सहकार्यको भावनामा अगाडि बढ्नलाई सहयोग पुर्याएको र कलेजको समग्र विकास र सांस्कृतिक उत्सवप्रतिको प्रतिबद्धतालाई पुस्टि गरेको कुरा बीबीए तथा बीबीएम कार्यक्रम प्रमुख सागर खरेलले अवगत गराए ।


Leave a Reply