काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीमा आत्मालोचना गरेका छन् । स्थायी कमिटीको बैठकमा पार्टी नेतृत्वविरुद्ध बोलेको भन्दै अधिकांश नेताहरूले शर्मालाई आत्मालोचना गर्न सुझाएका थिए ।
अधिकांश नेताहरू प्रचण्डको पक्षमा खुलेपछि आजको बैठकमा शर्माले आत्मालोचनासहित माइन्यूटमा हस्ताक्षर गरेको एक नेताले बताए । शर्माले ४ वर्षदेखि बैठकको माइन्यूटमा हस्ताक्षर गरेका थिएनन् ।
ती नेताले भने, ‘उहाँले माइन्यूटमा हस्ताक्षर नगरेकोमा आत्मालोचना गरेर आज हस्ताक्षर गर्नुभयो ।’
बैठकबाट बाहिरिने क्रममा शर्माले बैठकमा उच्चस्तरीय वैचारिक, राजनीतिक छलफल भएको बताए ।
उनले भने, ‘बैठकमा वैचारिक, राजनीतिक, सङ्गठनात्मक र विधिको विषयमा छलफल भए । छलफलको उच्च निष्कर्ष निस्किएको छ ।’ यद्यपि, सञ्चारकर्मीहरूसँग भने शर्माले आत्मालोचनाबारे सोधेको प्रश्नको जवाफ दिएनन् ।

Leave a Reply