प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाउँदै सभामुखलाई राप्रपाले भन्यो- तपाईँ पनि सत्ता पक्षीय मात्रै हुनु भएन (भिडिओ)

काठमाडौं । राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले राप्रपा र रास्वपालाई संविधान र व्यवस्था विरोधी भन्दै सदनमा अवरोध गरेको भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।

उनले भने, ‘भिजिट भिसा प्रकरणमा हामीले समाधान चाहेका छौँ। स्वार्थ बाझिने समितिले कस्तो छानबिन गर्छ, हामीले त्यसैले संसदीय समिति वा न्यायिक समितिको कुरा उठाइरहेका छौँ। हामी पनि जनताको प्रतिनिधि हौँ। हामी सदन चलाउन सहयोग गर्न तयार छौँ।’

उनले समस्या समाधान गर्नको लागि सभामुखलाई आँट गर्न आग्रह गरे।

उनले थपे, ‘सभामुखले पनि सरकार पक्षीय भएर सोचिदिनु भएन। जनताको आवाज हामीले उठाएपछि यसको समाधान के हुनसक्छ। समाधान निकाल्नको लागि सभामुख क्षमतावान् हुनुहुन्छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *