काठमाडौं । बुधबार राति १२ः३० मा महाराजगञ्जस्थिति होटल साम्बालाबाट नियन्त्रणमा लिइएका गुण्डा नाइके चक्रे मिलनसहित १९ विरुद्ध प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर गरेको छ ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी उनीहरुलाई जिल्ला प्रहरी परिसर, भद्रकालीको जिम्मा लगाएको थियो ।
विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पक्राउ गरिएका ४७ मध्ये २८ जनाको कुनै किसिमको आपराधिक संलग्नता नदेखिएपछि हाजिर जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर, भद्रकालीका एसपी कूलदीप चन्दले बताए ।
चक्रे मिलनसहित १९ माथि अनुसन्धान गर्न ७ दिनको म्याद थप भएको छ ।
यसबाहेक पक्राउ परेकाहरुलाई आफन्तको जिम्मा लगाइएको एसपी चन्दले बताए ।
मुद्दा चलाइएका प्रतिवादीहरु
१. चक्रे मिलन भन्ने मिलन गुरुङ
२. गणेशबहादुर बोगटी
३. निराजन पौडेल
४. रोशन सुवेदी
५. राजेश खड्का
६. सन्दीप केसी
७. राहुल खड्का
८. यामु पौडेल
९. सौरभ सुनार
१०. डिल्लीराज कँडेल
११. ऋतीक लामा
१२. चन्द्रदेव कार्की
१३. जितबहादुर लामा
१४. प्रकाश गोले
१५.अमिर आलेमगर
१६. उत्तम महर्जन
१७. प्रनिश केटल
१८. राजु परियार
१९.सफल शाही

Leave a Reply