दाङ । तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
तुलसीपुर-घोराही सडकखण्डको मोतिपुर ओरालोमा आज भएको दुर्घटनामा १७ का १५ वर्षीय सविन भण्डारी र १७ वर्षीय मनोज रोका मगरको मृत्यु भएको ईप्रका तुलसीपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगेपछि डाक्टरले मृत घोषणा गरेका हुन् ।
तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा १ त ३४७८ नम्बरको खाली ट्याक्टर विहीवार बिहान ११ बजेतिर मोतिपुर ओरालोमा अनियन्त्रित दुर्घटनामा परेको थियो ।
दुर्घटनामा ट्याक्टर चालक तुलसीपुर १७ मानपुरका २६ वर्षीय सुरेश चौधरी, १५ वर्षीय धनबहादुर चौधरी र तुलसीपुर १८ बजौरीका २६ वर्षीय प्रकाश चौधरी घाइते भएका छन् ।

Leave a Reply