बागमती । नेपाली कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलको नेता छनोटको लागि आज निर्वाचन हुदैछ ।
संसदीय दलको आज हुने निर्वाचनका लागि नेपाली कांग्रेस बागमतीका सह-महामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।
समितिले बिहानदेखिबाटै निर्वाचनको कार्यक्रम सुरु गरिसकेको संयोजक श्रेष्ठले जानकारी दिए । निर्वाचन कार्यतालिका अनुसार दिउँसो २ देखि ३ बजेसम्म मतादान हुनेछ । मतदान संसदीय दलको कार्यालय परिसरमै हुनेछ ।
मतदाता नामावली प्रकाशन लगायतका काम सुरु भइसकेको छ । प्रदेशसभामा इन्द्र बानियाँ एउटा टिमबाट उठ्ने निश्चित भए पनि अर्को टिमबाट को उठ्ने अहिले सम्म निर्णय भएको छैन ।
हाल संसदीय दलका उप नेता ललितपुरबाट निर्वाचित सांसद रामकृष्ण चित्रकारलाई उठ्नका लागि बहादुर सिंह लामाको टिमले अनुरोध गरे पनि चित्रकारले मानेका छैनन् ।
‘अहिलेसम्म चित्रकारले मान्नु भएको छैन, अन्तिमसम्म मान्नुभएन भने बहादुर सिंह लामा नै उठ्नुहुन्छ होला’, कांग्रेसका एक नेताले भने ।
लामाविरुद्धको अविश्वासको प्रस्तावको टुंगो मंगलबार लागेको थियो । अविश्वासको प्रस्तावको पक्षमा ३७ मध्ये २२ मत परेको थियो भने लामाको पक्षमा १५ मत परेको थियो ।

Leave a Reply