कांग्रेसका नेता मोख्तार अहमद हज समितिको अध्यक्षमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका नेता मोख्तार अहमद नेपाल हज समितिको अध्यक्षमा नियुक्त भएका छन् ।

गृहमन्त्री रमेश लेखकले मन्त्री स्तरीय निर्णय गर्दै सिराहाको कल्याणपुर नगरपालिका–१२ स्थायी घर भएका काँग्रेसका नेता अहमदलाई हज समितिको अध्यक्ष नियुक्त गरेका हुन् ।

अहमद २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसबाट सिरहा क्षेत्र नम्बर ४ मा उम्मेदवार रहेका थिए । उनलाई राष्ट्रिय जनता पार्टीका राजकिशोर यादवले पराजित गरेका थिए । उनी संविधान सभा सदस्य पनि हुन् ।

गृह मन्त्रालय अन्तरगत रहने हज समितिको सदस्यको नियुक्त प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *