काठमाडौं । पर्यावरण संरक्षणतर्फ एक महत्वपूर्ण कदमस्वरूप रोटरी ई-क्लब र रोटरी क्लब अफ काठमाडौं हाइटको सहकार्यमा जनक माध्यमिक विद्यालय, नमोबुद्ध–४ मा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
संस्कृति फाम्र्स एन्ड रिसर्च को प्राविधिक सहयोगमा यस कार्यक्रममा नासपाती, स्याउ र आरू जस्ता फलदार रूखहरू रोपिएका छन् । यस्ता वृक्षरोपणहरूले स्थानीय जैविक विविधता संरक्षणमा योगदान पु¥याउनुका साथै खाद्य सुरक्षालाई समेत बल पुर्याउने विश्वास गरिएको छ ।
कार्यक्रममा विद्यार्थीहरू, शिक्षकहरू, स्थानीय जनप्रतिनिधिहरू र रोटरी सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।
उक्त कार्यक्रम जिल्ला गभर्नर रोटेरियन बिनोद कोइरालाको ‘५०,००० वृक्षरोपण’ अभियान अन्तर्गत आयोजित गरिएको हो । सोही दिन १५० भन्दा बढी रोटरी क्लबहरूले नेपालभर वृक्षरोपण कार्यक्रम सम्पन्न गरेका छन् ।
यस किसिमका अभियानहरूले हरियाली नेपाल निर्माण, वातावरणीय सन्तुलन तथा दीगो विकासतर्फ रोटरीको प्रतिबद्धतालाई अझ सशक्त बनाउने कार्यमा मद्दत गर्ने आयोजकले बताएको छ ।


Leave a Reply