माधव नेपालले पार्टीमा भित्र्याए दुई दर्जन युवा

काठमाडौं । विभिन्न पार्टी परित्याग गरेर करिब दुई दर्जन युवा नेताहरू नेकपा (एकीकृत समाजवादी) मा समाहित भएका छन्।

पार्टी केन्द्रीय कार्यालय आलोकनगर पार्टीका अध्यक्ष माधव नेपालले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।

नेकपा एसमा प्रवेश गर्नेहरू उदयपुर, खोटाङ, सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लाका रहेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए।

पार्टीमा प्रवेश गरेकाहरूलाई अध्यक्ष नेपालले उचित जिम्मेवारी दिने बचन दिँदै पार्टीको काममा सक्रिय भएर लाग्न समेत निर्देशन दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *