हायू समाजले भन्योः आधारहिन प्रचारले सिन्धुलीकाे परिवारलाई अनावश्यक हैरानी दियो

काठमाडौं । हायू समाज नेपालले उर्मिला हायुको परिवारको अस्थायी बसाइ र श्रमसँग सम्बन्धित स्वेच्छिक निर्णयलाई पूर्वाग्राही ढंगले गलत टिप्पणी भएकाे भन्दै आपत्ति जनाएको छ ।

समाजले आज एक विज्ञप्ति जारी सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको पोखरा महानगरपालिका- ३० गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई सामाजिक सुरक्षा भत्तासँग जोडेर पूर्वाग्राहीपूर्ण गलत टिप्पणी गरेको भन्दै आपत्ति जनाएको हो ।

आधारहिन प्रचारले हायु परिवारलाई हैरानी  दिएकाे मात्र नभई समुदायको भावना र सम्मानमाथि प्रहार भएको बताएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ निवासी हायु समुदायका १६ सदस्यीय उर्मिला हायूको परिवार केही समयदेखि सम्पर्कविहीन भएका थिए ।

सिन्धुलीबाट सम्पर्कविहिन भएका परिवार पोखरामा सकुशल भेटिएका थिए । उनीहरुले श्रमिक कामको सिलसिलामा आफ्नो घर सिन्धुलीबाट पोखरा आएको जानकारी प्रहरीसमक्ष दिएका छन् । यस घटनालाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हचुवा र आधारहीन समाचारहरु अनर्गल तरिकाले प्रसारण गरिएको भन्दै खेद पकट गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘यस्ता आग्रह पुर्वागढ़पुर्ण गलत टिप्पणी सर्वथा असभ्य, अशिष्ट र विकृत मानसिकताको उपज बाहेक अरु केही हैन हाम्रो हावू समुदाय आफ्नो श्रम, इमानदारीता र आत्मसम्मानमा जीवनयापन गरि आएको आदिवासी समुदाय हो यस्तो आधार बिहान र हचुवा प्रचार-प्रसारले केवल यो परिवारजनलाई हैरानी मात्र होइन, समग्र समुदायको भावना र सम्मान माथि प्रहार भएको अनुभूति हामीले गरेका छौं ।’

समाजले यो परिवारको पुनःस्थापना र व्यवस्थापनका लागि स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारसँग माग गरेका छन् ।

 

Comments

3 responses to “हायू समाजले भन्योः आधारहिन प्रचारले सिन्धुलीकाे परिवारलाई अनावश्यक हैरानी दियो”

  1. ksp pyl Avatar
    ksp pyl

    ठिक छ कामको लागि जान पाईयो । तर घरमा कुकुर, बाख्रा खोरमा छोडेर जानेजस्तो अमानवीय काम किन गरेको ?

  2. prem khatry, prof TU Avatar
    prem khatry, prof TU

    कामकै खाेजीमा जाँदा पैले केही १)२ वा ३ जाना जाने , काम पता लाउने नपाए साेहि समाचार अाएर परिवारलाइ भन्ने गरिएन । त्याे गरेकाे भए चिनता हुने थिएन , राज्यनै लाग्नु पराे । घर जलकेा छ भााडाकुडा अलपत्र छन् । पशु भाेकले सुके । यसबाट चिन्ता थपियाे । हेरनुसभाेलि तल खुरकाेटमा खुल्ने कामका लागि तयारी गरनुस युृवाहरू । हाम्राे सिफारिसमा म र मेराे टिमले हायुलाइ केकस्ताे राेजगारी दिन पर्छ, कस्ताे कामका लागि उनीहरू तयार हुनु पर्छ भनेर सरकारलाइ र रामेछापकाे वादी , अरू गाउँका हायुलाइ भेटेर भनेका छाैं । यस्ता युवायुवतीले लहडमा घरै किन छाेडनु भाे? त्याे पनि हुलै बाँधेर घर जलेकाे अवस्थामा कसरी परदेश जानु भाे? पहिले सीप काे विकास गराैँ । बाँसकाठका उहिलेका कामलाइ नया सीप बाट अगि बढाउँ न। हाेटेल, चियापसल, केश कटाइ र सि०गार, डुगामा पर्यटकलाइ सैयर भाेलि जलाशयमा काम लाग्ने छन। हायु माझी तामांगकाे ता अवसर हाे ।नत्र हेर्नुुस भाेलि बाहिरबाट अाएर टााबाठाले तपाइकाे मझेरीकाे काम लैजाने तपाइ टुलुलु हेरेर बस्ने अवस्था नअाउला भन्न सकिनन। पर्यटन विभागबाट विज्ञ लगेर तालीम लिन लगाउने भनेर लेखेकेा छु मैले प्रतिवेदनमा । माथि राम हायु, श्याम हायु, धन अायु रमेश हायुसित धेरै छलफल गरियाे । अरू कस्ले के भन्याे हैन, अाफनाे गाउलाइ नै हराभरा बनाउने सीपकाे विकास गरेर पसल खाेलेर केही गर्न सकिने दखियाे । शुभकामना हायु मित्रहरू । विनायाेजना बाउबाजेकाे थातथलाे छाेडेर फुत्त नहिडनाेस । यस्ताे माैसममा राेग लाग्न सक्छ । मलाइ ता चााैपायाकाे पनि माया लाग्याे । भक्खर त हाे मेराे टाेली त्यता हायुकाे जीवनका केही पक्षकाे अवलाेकन गरेर प्रदेश सरकारलाइ हायुमा सिप विकासकाे लागि पहल गर्न सुझाव बुझाएकाे ।

    1. Nepali kanxo Avatar
      Nepali kanxo

      J j vaya pani person ko details xarpasta garnu ramro hudai hoina.
      Nepal ma police & patrakar lai k tha xaina vane media kanun ko kuro k ho??

Leave a Reply

Your email address will not be published. Required fields are marked *