भ्रष्टाचार अभियुक्त मोहन बस्नेतलाई प्रमुख अतिथि बनाउने सिन्धुका सीडीओको सरुवा

काठमाडौं । भ्रष्टाचार मुद्दाका अभियुक्त कांग्रेस नेता मोहन बस्नेतलाई कार्यक्रमको प्रमुख अतिथि बनाएपछि विवादमा परेका सिन्धुपाल्चोकका सीडीओ किरण थापा गृहमन्त्रालय तानिएका छन् ।

उनको ठाउँमा बन्धु बास्तोलालाई खटाइएको छ । गत असार ३२ गते जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित अरनिको राजमार्गमा बाढीपहिरोबाट हुनसक्ने क्षति र तातोपानी नाकाको सम्भावित सुरक्षा जोखिमबारे छलफल कार्यक्रममा थापाले बस्नेतलाई ‘रेड कार्पेट’ बिछ्याएर प्रमुख अतिथिको सम्मान दिएका थिए ।

भ्रष्टाचार मुद्दामा मुछिएका बस्नेतलाई अख्तियारकै प्रतिनिधिले प्रमुख अतिथि बनाएको भन्दै सीडीओ थापाको आलोचना भएको थियो । यससम्बन्धी समाचार आएपछि थापाले आफूले केही गल्ती नगरेको र पूरा समय सिन्धुपाल्चोकमा रहन दिन केही मिडिया र शक्ति केन्द्र गुहारेका थिए ।

सिन्धुपाल्चोक १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटाले संसदमा समेत यो विषय उठाएर गृहमन्त्रीको जवाफ मागेका थिए । चौतर्फी दबाबपछि गृहमन्त्री रमेश लेखकले थापाको सरुवा गरेका हुन् ।

उनको अलि अघि नै नै सरुवाको तयारी भएपनि गृहसचिव गोर्कणमणी दुवाडी विदेश भ्रमणमा रहेकाले निर्णयमा केही दिन ढिला भएको गृह स्रोतले बतायो ।

थापा गएको भदौ ३० गते सिन्धुपाल्चोक आएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *