बसले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु, दुई घाइते

रुपन्देही । कपिलवस्तुमा बसले अटो रिक्सालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

शिवराज नगरपालिका–१ स्थित उमरीमा ग १ ख ९० १३ नम्बरको बसले लु १ ह ४१५४ नम्बरको अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रितेन्द्र सिंहले गएराति भएको दुर्घटनामा दुई जनाको मृत्यु दुईजना गम्भीर घाइते भएको बताए । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रितबहादुर सुनार र १८ वर्षीया रविना राना रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा सिटी अस्पतालमा भैरहवामा मृत्यु भएको हो। ठक्कर दिने बस र अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ। दुर्घटनामा घाइते भएकी पवित्रा सुनार तथा प्युठान घर भएका १८ वर्षीय शक्ति भण्डारीको सिटी अस्पतालमै उपचार भइरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *