प्रचण्ड-माधवबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

अध्यक्ष दाहालको निवासमा भएको उक्त भेटघाटमा मुलुकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो ।

वामपन्थी धुर्वीकरण, राष्ट्रिय तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थितिबारे समीक्षा, कम्युनिष्ट शक्ति एकताबद्ध गर्न भएका प्रयास, अन्तर्राष्ट्रिय तहमा शक्तिराष्ट्रबीच भएका युद्ध र त्यसको प्रभाव तथा सरकारको कार्यशैलीबारे छलफल भएको एकीकृत समाजवादीका स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए ।

दुई पार्टीका अध्यक्षबीचको भेटघाटमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच भएका सहकार्य तथा एकताको सम्भावना, सैद्धान्तिक आधार र प्रक्रियागत विषयमा समेत छलफल भएको थियो । -रासस

 

Comments

2 responses to “प्रचण्ड-माधवबीच भेटवार्ता”

  1. ksp Avatar
    ksp

    कसैले आदेश दिएकाले होला । देश बनाउन भेटेका होईनन । स्थिरतातर्फ देश गयो भनेर प्रचण्डलाई निन्द्रा लाग्दैन होला ।देश भाँडन हिडेकालाई असह्य भएको छ । भेटे पनि चुप लागेर भेटनु नि । यस्ता भेट देशमा जनताले दैनिक लाखौं गर्छन् ।यस्ता भेट समाचारमा ल्याउन यिनीहरूले पत्रकारलाई समाचार दिन्छन् । पत्रकार पनि के सद्दे छन् र देशमा । यस्ता बकम्फुस्से कुरालाई समाचार बनाउँछन् ।

  2. ksp pyl Avatar
    ksp pyl

    दिल्लीमा बसेर कथित जनयुद्व गर्ने एउटा ।छोरीलाई भारतीय दुतावासको कोटामा अर्काको पालो मिचेर पढाईदिए बापत गुन तिर्न बाध्य अर्को । दुवै विदेशी हित चाहाने हुन् । नेपाली जनताले कुरा बुझौं है । यी दुवैलाई राजनीतिबाट सखाप नपारेसम्म देशको प्रगति असम्भव ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *