युनिग्लोब स्कुललाई २ लाख जरिवाना, अबैध सञ्चालित कन्सल्टेन्सीलाई १ लाख

काठमाडौं । निजी विद्यालयमा अवैध शुल्क असुली गरेको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं महानगरपालिका २८ मा सञ्चालित युनिग्लोब हाइयर सेकण्डरी स्कुललाई २ लाख ५ हजार जरिवाना गरेको छ ।

विभागले आइतबार अनुगमनका क्रममा विद्यालयले विद्यार्थी र अभिभावकसँग अनाधिकृत शुल्क लिएको भेटाएपछि २ लाख ५ हजार जरिवाना गर्दै विद्यालयलाई तीन दिनभित्र व्यवसायसम्बन्धी सम्पूर्ण कागजात पेश गर्न निर्देशन दिएको हो ।

विभागका एक अनुगमन अधिकारी अनुसार उक्त विद्यालयले विद्यार्थी वा अविभावक विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि सिट सुरक्षित गर्न पुगेकासँग २० हजार अग्रिम शुल्क लिने गरेको भेटिएको छ । तर, उक्त विद्यार्थी वा अविभावकले पछि उक्त विद्यालयमा विद्यार्थी भर्ना गर्न नसक्ने अवस्था आएर अर्को विद्यालयमा भर्ना गरेमा वा उक्त विद्यालयमा भर्ना नगरी बसेमा उक्त अग्रिम लिइएको २० हजार रुपैयाँ फिर्ता नगर्ने गरेको भेटिएको छ ।

विभागका अनुसार निजी शैक्षिक संस्थाले सरकारले तोकेभन्दा बढी शुल्क लिने, अभिभावकलाई अनावश्यक शुल्क तिर्न बाध्य पार्ने प्रवृत्ति बढ्दै गएको छ । यसलाई नियन्त्रण गर्न विभागले कडाइका साथ निरीक्षण थालेको हो ।

यस्तै काठमाडौं महानगरपालिका १६ मा सञ्चालित प्रेसिडेन्सियल अब्रोड एकेडेमी प्रालिलाई पनि १ लाख जरिवाना गरेको छ । उक्त कन्सल्टेन्सीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति नै नलिएर शैक्षीक परामर्श सेवा सञ्चालन गरिरहेको भेटिएपछि जरिवाना गरेको हो ।

Comments

2 responses to “युनिग्लोब स्कुललाई २ लाख जरिवाना, अबैध सञ्चालित कन्सल्टेन्सीलाई १ लाख”

  1. हलुवाकाका Avatar
    हलुवाकाका

    यसरी जरिवाना गर्दा १ करोड भन्दा कम किन गर्ने ? करोडौ उठाई सकेका हुन्छन् उनिहरले ? अनि १ लाख जरिवाना त चिया खर्च मात्र हो ।

    1. Nick Kashyap Avatar
      Nick Kashyap

      कर्मचारीको गोजीमा पनि अलिकती पस्यो होला, त्यही भएर थोरै जरिवाना!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *