काठमाडोैं । अहिले पाइलट रामेश्वर थापाको जीवनीमा आधरित बायोपिकको सुटिङ धमाधम भइरहेको छ । दिपेन्द्र के खनालले निर्देशन गर्ने यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छिन् ।
खगेन्द्रले थापाको भूमिका निर्वाह गरिरहेका छन् भने पन्तले थापाकी श्रीमतीको भूमिका निभाइरहेकी छन् । यी दुई पात्रका अलवा अन्य तीन सय जना कलाकारको अभिनय रहने निर्देशक खनाले बताए । उनले भने, ‘मुख्य भूमिका खगेन्द्र र सुरक्षाको छ । यसपछि अन्य तीन सय कलाकारले अभिनय गर्नुहुनेछ ।’
थापाका जीवनमा धेरै मान्छे आउने, जाने गर्ने भएकाले यति धेरै कलाकार समेटिने खनालले बताए । उनका अनुसार मुख्य रुपमा चलचित्रमा क्याप्टेन थापाको संघर्ष र सफलता समेटिने छ । थापाको राजनीतिक सक्रियता, मिडिया संचालन लगायत कुराहरु थोरबहुत समेटिए पनि उनको संघर्ष र सफलतालाई केन्द्रमा राखिने खनालको भनाइ ।
अहिलेको क्याप्टेन थापा कसरी यो सफलतासम्म आइपुगे भन्ने विषय नै चलचित्रको केन्द्रीय विषय रहेको छ । क्याप्टेन थापा सफल हुनुमा उसको परिवार र श्रीमतीको भूमिका कति महत्वपूर्ण थियो भन्ने पाटो पनि प्राथमिकताका साथ समेटिने खनालले बताए ।
पटकथा प्रोडक्सनको दोस्रो प्रस्तुति रहेको यस चलचित्रमा लामिछाने, पन्त मुख्य भूमिकामा छन् ।कृष्णबहादुर थापा छायांकार रहेको चलचित्रको छायांकन काठमाडौं, चितवन र काभ्रेका विभिन्न स्थानमा हुनेछ।
यार्सा स्टुडियोसँगै रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहने यो चलचित्रको निर्मातामा निर्देशक दीपेन्द्र स्वयं, करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् भने कार्यकारी निर्मातामा सिर्जना नापित छिन् । चलचित्रको कथा पनि निर्देशक खनाल स्वयंले लेखेका छन् ।

Leave a Reply