घण्टीघरमा हस्ताक्षर गर्दै अमरेशले भने- रवि आएको ३ वर्षमात्रै भयो, सहकारीको पैसा ठूलै दलले खाएका छन्

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् ।

रास्वपा मुख्यालय घण्टीघर पुगेर उनले हस्ताक्षर गरेका हुन् । ३० वर्षदेखि शासन गरेका ठूला दलहरूले नेपाललाई गरिब बनाएको, विदेशी ऋण बोकाएको र जहाँसुकै भ्रष्टाचार रहेको आरोप लगाए ।

तर, रवि लामिछाने राजनीतिमा आएको तीन वर्षमात्र भएको भन्दै सिंहले सहकारीको रकम ठूला दलकै नेताले हिनामिना गरेको जिकिर गरे ।

Comments

One response to “घण्टीघरमा हस्ताक्षर गर्दै अमरेशले भने- रवि आएको ३ वर्षमात्रै भयो, सहकारीको पैसा ठूलै दलले खाएका छन्”

  1. manoz Avatar
    manoz

    good

Leave a Reply

Your email address will not be published. Required fields are marked *