काठमाडौंं । चितवनबाट नेपालमै सहकारीको पहिलो थालनीकर्ता बखानसिंह को जीवनीमा आधारित औपन्यासिक कृति बखान प्रकाशन हुने भएको छ ।
शिखा बुक्सले बखान उपन्यास प्रकाशन गर्न लागेको पुस्तक बखानका लेखक चितवनका पत्रकार वसन्त पराजुली हुन् । शिखा बुक्सले शुक्रबार बखान उपन्यासको आवरण (कभर) सार्वजनिक गरेको छ ।
शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले साउन अन्तिममा बखान बजारमा आउने जानकारी दिए । ‘हामी प्रकाशनको अन्तिम तयारीमा छौँ । साउन अन्तिम सम्ममा किताब बजारमा ल्याउने हाम्रो तयारी छ ।’, उनले भने ।
पराजुलीको यो चौथो कृति हो । उपन्यास भने पहिलो भएको पराजुलीले जानकारी दिए ।
उनले बखान उपन्यासमा राणाशासन र पञ्चायतविरुद्धको लडाइँमा आफ्ना दुई जवान छोरा गुमाएका, चितवनमा बस्ती विकास गर्नेदेखि नेपालकै पहिलो सहकारीका संस्थापक बखानसिंह गुरुङको दुःखदायी जीवनी, राजा महेन्द्रको रहस्यमय मृत्यु र निकुञ्जमा सिकारको इतिहाससम्मको नालीबेली रहेको बताए ।
‘इतिहास, संस्कृति र पर्यावरणको सुन्दर प्रस्तुति हो बखान उपन्यास, पत्रकार पराजुलीले भने ।नेपाल पत्रकार महासंघ चितवनका अध्यक्षसमेत रहेका पराजुलीका यसअघि कुमाता, मोम्चो र ड्रिमि आईज गरी ३ वटा कथासंग्रह प्रकाशन भइसकेका छन् ।

Leave a Reply