प्रचण्डलाई योगेशको प्रतिप्रश्न- कुलिङ पिरियडमा छानबिन त तपाईँ माथि नै गर्नुपर्ने हो कि ? आफ्नै बोली गलपासो नहोस्

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थालाई लिएर नेकपा (एमाले) का सांसद योगेश भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि प्रतिप्रश्न गरेका छन् ।

प्रचण्डले कुलिङ पिरियडको व्यवस्थामा छेडखानी भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि छानबिन हुनुपर्ने बताएपछि भट्टराईले प्रचण्डको अडानमाथि नै प्रश्न उठाएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले कुलिङ पिरियडको व्यवस्थामा प्रधानमन्त्री ओलीको संलग्नता रहेको आरोप लगाउँदै छानबिनको माग गरेका थिए । जवाफमा सांसद भट्टराईले सामाजिक सञ्जालमार्फत प्रचण्डको उक्त मागलाई ‘आफ्नै बोली गलपासो’ भएको टिप्पणी गर्दै प्रश्न उठाएका छन् ।

भट्टराईले भने, ‘२०८० फागुन ११ गते तपाईं स्वयं प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्को बैठकले यो विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको थियो, जसमा कुलिङ पिरियडको कुनै व्यवस्था थिएन। त्यतिबेला तपाईं कुलिङ पिरियडको पक्षमा हुनुहुन्थेन। आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ पिरियडको भूत कसरी जाग्यो ?’

उनले थप प्रश्न गर्दै भने, ‘प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईंले कुलिङ पिरियड राख्ने निर्णयमा सहमति जनाउनुभएको थियो। तर, समितिको प्रतिवेदन संसदमा पेस गर्दा यो व्यवस्था किन तलमाथि भयो ? के यसमा तपाईंमाथि पनि नैतिक प्रश्न उठ्दैन रु छानबिन त तपाईंमाथि नै गर्नुपर्ने हो कि ?’

भट्टराईले कुलिङ पिरियडको व्यवस्था राख्नुपर्ने पक्षमा आफूहरू कायम रहेको र यो विषयमा सांसदहरूले नै संशोधन प्रस्ताव राखेको स्मरण गराए। उनले प्रचण्डको आरोपलाई ‘राजनीतिक स्वार्थले प्रेरित’ भन्दै तथ्यमा आधारित जवाफ दिन आग्रह गरेका छन्।

संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्था राख्ने विषयमा लामो समयदेखि बहस हुँदै आएको छ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले दुई वर्षको कुलिङ पिरियड राख्ने निर्णय गरेको थियो। यद्यपि, यो व्यवस्था हटाउने प्रयास भएको भन्दै सांसदहरूले विरोध जनाएका थिए ।

Comments

One response to “प्रचण्डलाई योगेशको प्रतिप्रश्न- कुलिङ पिरियडमा छानबिन त तपाईँ माथि नै गर्नुपर्ने हो कि ? आफ्नै बोली गलपासो नहोस्”

  1. ksp pyl Avatar
    ksp pyl

    क्या स्वादले भूईमा पछारे योगशले । धन्यवाद कमरेड । प्रचण्ड भनेको देशको भडुवा सिवाय अरू केही होईन । उसलाई कुलिङ् पेरियड चाहिएकै होईन । नभए निजामति विधेयक संसदमा पेश गर्ने उहीँ हो । त्यतिवेला नचाहिने । अहिले किन चाहियो ? किन चाहिएको प्रचण्डलाई कुलिङ पेरियड थाहा छ ? किनकी काँग्रेसले कुलिङ् पेरियड भन्यो । काँग्रेस भक्त हुन, काँग्रेसको पछि लागेर फेरि सरकारमा गएर खान उसले कुलिङ् पेरियड भनेको हो । उसको कुनै मान्यता नै छैन । उसको केवल एउटै मान्यता भनेको दिल्लीको सेवक हुने हो । बाँकी काम देशमा भाँडभैलो मच्चाउने, देशलाई अस्थिर बनाउने, देशलाई विदेशीको ईच्छा बमोजिम नियन्त्रित अस्थिरतामा राखेर देश कमजोर बनाउने । हो हरेक माओवादीलाई जवाफ यसरी नै दिदै जानुपर्छ । अनि तह लाग्छन् यिनीहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *