काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच पछिल्लो समय चलिरहेको नोकझोंकका बीच शर्मानिकटका अर्का नेता सुदन किरातीले मुख खोलेका छन् ।
पूर्वमन्त्रीसमेत रहेका किरातीले आज बिहान स्टाटस लेख्दै केन्द्रीय समितिको निर्णय कार्यान्वयनका लागि ४ सर्त दृढतापूर्वक लागू गर्न आव्हान गरेका छन् । उनले अघि सारेका सर्त यस्ता छन्-
१. पार्टी बलियो बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणको अभियानलाई तीव्र बनाऊँ ।
२. शहीदको सपना पूरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हौँ ।
३. प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिविरुद्ध सशक्त वैचारिक प्रतिवाद गरौँ ।
४. नेतृत्वको विचार र योगदानलाई जुग-जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी गर्ने प्रवृत्तिलाई निषेध गरौँ ।
उपमहासचिव शर्माले एक कार्यक्रममा पार्टीमा निरंकूशता र व्यक्तिवादी हाबी भएको बताएका थिए । माओवादीलाई नयाँ पुस्ताले नेतृत्व गर्ने वातावरण बनाउन लागेको भन्दै पार्टी पुनर्गठनको विकल्प नभएको उनको भनाइ थियो ।
त्यसको भोलिपल्टै प्रचण्डले प्रशस्त सिँगौरी खेल्न ठाउँ दिएको भन्दै आफ्नो उदारतालाई कमजोरी नठान्न चेतावनी दिएका थिए ।

Leave a Reply