इरानको जेलमा रहेका ५ नेपाली स्वदेश फिर्ता

काठमाडौं । इरानको जेलमा रहेका ५ नेपाली स्वदेश फिर्ता भएका छन् ।

इरानको जेलमा रहेका ५ जना नेपाली नागरिकहरुलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपछि स्वदेश फिर्ता भएकाहुन् ।

तेहरानस्थित नेपाली अवैतनिक बाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा उनीहरु  बिहीबार  काठमाडौं अवतरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस प्रक्रियामा सहयोग, सक्रियता तथा सदाशयता प्रदर्शन गर्ने भारत सरकार, इरान सरकारका सम्बन्धित निकाय तथा अधिकारीहरु, तेहरानस्थित नेपाली अवैतनिक बाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिएको छ ।

इजरायल र इरानबीच गत १३ जुन २०२५ देखि शुरु भएको द्वन्द्व २३ जुन २०२५ मा दुबै पक्षबीच युद्धविराम भएपश्चात शान्तिसुरक्षाको स्थिति क्रमश सहज हुँदै गएकाले जनजीवन सामान्यतर्फ उन्मुख रहेको छ ।

द्वन्द्वको अवधिमै नेपाल सरकारले भारत सरकारलाई गरेको अनुरोधलाई सम्मान गर्दै ‘अप्रेशन सिन्धु’ अन्तर्गत भारतीय नागरिकहरुलाई उद्धार गर्नगएको भारतीय विमान सेवाको उडानबाट विभिन्न मितिमा तीन लटमा गरी ९ जना नेपाली नागरिकहरुलाई यस अघि नै इरानबाट उद्धार गरी भारत हुँदै उनीहरु सबैजना स्थलमार्गबाट सकुशल आ-आफ्नो घर फिर्ता भइसकेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *