के पाकिस्तानी खेलाडीले विनोद चन्दलाई कोर्टबाट निकालेकै हुन् ?

काठमाडौं । माल्दिभ्समा भएको काभा च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपाल स्पोट्र्स क्लबले काश्य पदक जित्यो । माल्दिभ्सको मालेस्थित सोलस सेन्टरमा हिजो तेस्रो स्थानको लागि भएको खेलमा श्रीलंकाको श्रीलंका पोर्ट अथुरिटीलाई ३–१ को सेटमा पराजित गर्दै हेल्प नेपालले काश्य पदक हात पारेको हो ।
उक्त लिग चरणको अन्तिम खेलको एक क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त क्लिपमा एक खेलाडीले लिबेरोलाई कोर्टबाट बाहिर निकाल्न खोजेको देख्न सकिन्छ । त्यो क्लिप हेल्प नेपाल र श्रीलंका पोर्ट अथुरिटीबिचको खेलको हो । उक्त खेलमा हेल्प नेपालले अथुरिटीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

सोही खेलको तेस्रो सेटमा देखिएको उक्त दृश्यले अहिले सामाजिक सञ्जाल तताइरहेको छ । १४–१२ ले अघि रहेको अवस्थामा हेल्प नेपालबाट खेलिरहेका पाकिस्तानी खेलाडी मोहम्मद काशिफ नभिदले लिवेरो विनोद चन्दलाई कोर्टबाट बाहिर धकेलिरहेको देख्न सकिन्छ । त्यसपछि विनोद बाहिर जान्छन् र अर्का लिवेरो सन्तोष राई कोर्ट प्रवेश गर्छन् ।

सामान्यतया भलिबलमा लिवेरो आवश्यकताअनुसार परिवर्तन भइराखेका हुन्छन् । उक्त परिस्थितिमा विनोद परिवर्तन हुन बिर्सिएको हो या पाकिस्तानी खेलाडी काशिफले विनोदलाई जवरजस्ती कोर्ट बाहिर पठाएको त्यो भने टोलीलाई नै थाहा होला । तर, काशिफले धकेलेको क्लिपले भने धेरैको मनमा कौतलहता जागेको छ । धेरैले काशिफले विनोदलाई जवरजस्ती निकालेको भन्दै आलोचना गरिरहेका छन् । कसैले विनोद निस्कन विर्सिएर काशिफ धकेलेको तर्क पनि गरिरहेका छन् ।

सशस्त्र प्रहरी बल (एपिएफ०)घरेलु भलिबल खेल्दै आएका विनोद काभा च्याम्पियनसिपका लागि हेल्प नेपालमा आवद्ध भएका थिए । विनोद राष्ट्रिय टोलीका समेत उत्कृष्ट र भरपर्दा लिवेरो हुन् ।

उक्त विषयमा हामीले हेल्प नेपालसँग बुझ्यौं । क्लबका महासचिव अरुण श्रेष्ठले उक्त विषय सामान्य रहेको बताए । हेल्प नेपालको टोलीमा दुई लिवेरो सन्तोष र विनोद थिए । टोलीले विनोदलाई रिसिभ र सन्तोषलाई डिफेन्सको रुपमा प्रयोग गरेको थियो । ‘टोलीको योजनाअनुसार नै विनोदलाई परिवर्तन गरिएको हो । विनोदलाई रिसिभ र सन्तोषलाई डिफेन्सको रुपमा खेलाएका थियौं । डिफेन्सको पालो आएपछि विनोदलाई परिवर्तन गरिएको हो,’ महासचिव श्रेष्ठले भने ।

Comments

One response to “के पाकिस्तानी खेलाडीले विनोद चन्दलाई कोर्टबाट निकालेकै हुन् ?”

  1. Mekh Gurung Avatar
    Mekh Gurung

    भलिबल खेलमा कुनै पनि खेलाडी परिवर्तन गरिन्छ जस्तै कुनै पनि खेलाडी बाहिर जाँदैछ भने हात मिलाएर बाहिर निस्कन्छ भने बाहिरबाट कुनै खेलाडी परिवर्तन भएर भित्र छिर्छ भने पुन: हात मिलाएर स्वागत गरिन्छ वा एकापसमा हग गर्ने गर्दछ भने खेलाडी परिवर्तन गर्दा धकेलेर बाहिर कुनै पनि टिमले गर्दैन त्यसैले यस विषयमा रविन चन्दलाई सरासर दुर्व्यवहार गरेकै हो। नेपालको एउटा प्रतिष्ठित लिबेरो माथि गरिएको यो दुर्व्यवहार प्रति म घोर भर्त्सना गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *