जनार्दनको दावी–मनमोहनबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्रीले असुली धन्दा चलाए (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मनमोहन अधिकारीवाहेक कुनै पनि नेपालका कम्युनिस्ट प्रधानमन्त्री विचौलिया र कमिसनखोरबाट टाढा रहन नसकेको स्वीकार गरेका छन् ।

माक्र्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा पूर्व अर्थमन्त्री शर्माले नेपालमा ९ पटक कम्युनिस्ट नेतृत्वको सरकार बने पनि सिद्धान्त अनुसार काम गर्न नसकेको बताए ।

उपमहासचिव शर्माले भने–प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ । तर त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन । दुःखका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरु कम्युनिस्ट नेताले असुली धन्दा गरैकै छन्,यो ठहर भएकै छ । यो आरोप होइन,यथार्थ हो ।

शर्माले अहिलेका ऐन कानूनहरु दलाल पुँजिपतिको पक्षपोषण गर्ने र बम्हलुट गर्न टेवा पुर्याउने खालका रहेको भन्दै उनले सत्ताका लागि कम्युनिस्ट पार्टीले राज्य पुनसंरचनाको एजेण्डा छाडेको बताए ।

उनले नेपालका कम्युनिस्टले समाजवाद निर्माणको संवैधानिक दायित्व निर्वाह गर्न नसकेको स्वीकारे ।

Comments

One response to “जनार्दनको दावी–मनमोहनबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्रीले असुली धन्दा चलाए (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    अरूको त यसलाई के थाहा ? यसले मुख्य रूपमा भन्न खोजेको यसको अध्यक्ष प्रधानमन्त्री भएको समयमा असुलिमा लागेको थाहा छ यसलाई । त्यहि कुरा गरेको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *