काठमडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सिंहदरबारमा निमार्णाधीन नयाँ संसद भवनबाट सभा सञ्चालन गर्न अझै केही समय लाग्ने बताएका छन् ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा बिभिन्न मुलुकहरूबाट नेपाल आएका कलाकारसँगको साक्षात्कारमा सभामुख घिमिरेले निमार्णाधीन नयाँ संसद भवनको चाडै निर्माण सम्पन्न गर्न लक्ष्य राखेपनि विभिन्न कारणले अझै निर्माणकै क्रममा रहेकाले नयाँ भवनबाट सभा सञ्चालन गर्न अझै केहि समय लाग्ने बताएका हुन् ।
उनले कलाकारहरुलाई सांसदहरुको संख्या र पुरानो भवनबाट सभा सञ्चालन गर्न असम्भव भएका कारण बानेश्वरको सम्मेलन केन्द्रलाई भाडामा लिएर संघीय संसदको सभा सञ्चालन भइरहेको जानकारी गराए ।
सभामुख कलाकारीताको माध्यमबाट संसारभर छरिएर रहेका नेपालीहरुलाई नेपालीपनको परिचय दिन सक्ने धारणा राखे ।
इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा सञ्चालित अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ मा विभिन्न मुलुकहरूबाट नेपाल आएका कलाकारसँग सभामुखले साक्षात्कार गरेका हुन् ।

Leave a Reply