एक वर्षसम्म विवरण अद्यावधिक नगरिएपछि कानून व्यवसायी लिएर निर्वाचन आयोग पुगे रास्वपा महामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री कविन्द्र बुर्लाकोटी पार्टीको विवरण अद्यावधिक नभएको विषयमा छलफल गर्न निर्वाचन आयोग पुगेका छन् । उनी केही कानून व्यवसायीहरूसमेत लिएर आयोग गएका हुन् ।

रास्वपाले एक वर्षअघि नै पार्टीको विवरण अद्यावधिक गर्न निवेदन दिए पनि आयोगले अहिलेसम्म कार्यान्वयन गरेको छैन । यही विषयमा कुराकानी गर्न आएको बुर्लाकोटीले नेपाल प्रेसलाई बताए ।

‘हामीले सबै कागजात पेश गरिसकेका छौं । अदालतले पनि कुनै स्टे अडर दिएको छैन । तर, पनि आयोगले विवरण अद्यावधिक नगरेपछि छलफलका लागि आएका हौं,’ उनले भने ।

रास्वपा निस्कासित महामन्त्री डा. मुकुल ढकालले आफूमाथि गरिएको कारबाहीविरुद्ध अदालतमा हालेको मुद्दा विचाराधिन छ । तर, मुद्दा पर्नासाथ अद्यावधिक गर्ने प्रक्रिया नै रोक्नुपर्ने कुनै कारण नरहेको बुर्लाकोटी बताउँछन् ।

‘मुद्दामा अदालतले अन्तरिम आदेश नदिएकाले विवरण अद्यावधिक गर्न आयोगलाई कुनै पनि वाधा छैन,’ बुर्लाकोटीले भने ।

Comments

One response to “एक वर्षसम्म विवरण अद्यावधिक नगरिएपछि कानून व्यवसायी लिएर निर्वाचन आयोग पुगे रास्वपा महामन्त्री”

  1. samir Avatar
    samir

    निर्वाचन आयोग जस्ता संवैधानिक निकाय नै पुराना भ्रष्ट पार्टीहरु कालो काङ्ग्रेस-भ्रष्ट एमाले-हत्यारा माओवादीका झोलेहरुले भरिनुको कारण रास्वपाको विवरण अद्यावधिक नभएको हो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *