पोखरा । नेकपा एमाले कास्कीले मन्त्रीसँग विचौलियाको काम गर्ने सुजन लामाको सदस्यता नविकरण नगर्ने भएको छ ।
एमाले कास्की जिल्ला कमिटीले लामाको सदस्यता नविकरण नगर्ने गरी माथिल्लो निकायमा पठाएको सचिव दर्शन लामाले जानकारी दिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीसँग लामाले गरेको घुस डिलको अडिओ सार्वजनिक भएको थियो ।
घुस डिलमा संलग्न रहेका कारण सुजनको सदस्यता नविकरण नगरी केन्द्रमा पठाएको सचिव लामाले बताए । सुजनमा २०८० असोजमा भएको एमाले गण्डकीको अधिवेशनमा प्रदेश कमिटी सदस्यको उम्मेदवार बनेका थिए ।
पोखरामा शनिबार भएको भेलामा वक्ताहरुले घुस डिलमा मुछिएका भूमि मन्त्री बलराम अधिकारीमाथि कारवाही हुनुपर्नेमा जोड दिएका थिए ।
भेलामा बोल्ने एमाले कास्की इन्चार्ज तथा केन्द्रीय सदस्य कृष्ण थापा र जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले घुस डिलमा जोडिएका राजकुमार गुप्ताले राजीनामा दिएको र बलरामले पनि राजीनामा दिनुपर्ने तर्क गरेका थिए ।
उनीहरुले घुस डिलमा संलग्नमाथि अनुसन्धान गरी कारवाही गर्नुपर्ने बताएका थिए ।
४७औ पुस्पलाल स्मृति दिवस मनाउनेबारे एमाले कास्कीले विस्तारित भेला डाकेको थियो । उक्त भेलाले उक्त दिवस साउन ५, ६ र ७ मनाउने निर्णय गरेको छ ।

Leave a Reply