मेहेन्दीको फेसन : संस्कृतिसँगै आयआर्जन (तस्बिरहरू)

काठमाडौं । साउन लागेसँगै नेपाली महिलाहरू हरियो चुरा पोते अनि मेहेन्दीमा सजिन थालेका छन्। महिलाको शृङ्गारमा मेहेन्दीको पनि महत्त्व छ ।

अविवाहितले राम्रो श्रीमान् भेटियोस् भनेर अनि विवाहितले पती-पत्नीको प्रेम प्रगाढ होस् भनेर मेहेन्दी लगाउने प्रचलन छ । मेहेन्दी जति गाढा लाग्छ, उत्ति नै गाढा माया बस्छ भन्ने विश्वास छ।

पछिल्लो समय मेहेन्दीले फेसनकै स्वरूप लिएको छ । यसका अनेकौँ डिजाइन प्रचलनमा छन् ।

मेहेन्दी लगाउने प्रचलन थुप्रै मानिसका लागि आयआर्जनको बाटो पनि बनेको छ । पसलदेखि फुटपाथसम्म मेहेन्दी लगाउने र लगाइदिनेहरू देख्न सकिन्छ । ठाउँ, डिजाइन र गुणस्तर अनुसार यसको मूल्य पनि फरक फरक छ ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *